अन्यसमाचार

टिकटकले नेपालमा बाढीको विश्वसनीय पूर्वसूचना दिने

नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले विहिबार नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यो फिचरले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र ताजा जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्ने विश्वास प्लाटफर्मले लिएको छ ।

प्राकृतिक प्रकोप सम्बन्धी गलत जानकारी फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यपरक सचेतनालाई प्रवधर्न गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारी उपलब्ध गराउने जनाइएको छ ।

अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ । यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल बीआइपीएडी, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ ।

यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर ट्र्याजिक ईभेन्टलाई स्पष्ट रूपमा परिभाषित गर्दछ र त्यस्ता घटनामा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिन्छ ।

टिकटकको दक्षिण एसियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, ‘संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं ।’

उनले अघि भने, ‘हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थासँग सहकार्य गरेर एवम् यी स्रोतहलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी वहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं ।’

यो सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत वृहत लक्ष्यहरूमा आधारित रहेको प्लाटफर्मले जनाएको छ ।

यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ जहाँ मानिसहरू सहि सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन्’ टिकटकले भनेको छ ।

थप जानकारी टिकटकको सेफ्टी सेन्टरबाट लिन सकिने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button