
बोैंद्द धर्म संघ केन्द्रीय समिति नेपालगन्ज बाँकेले वैशाख शुक्ल पूर्णिमाका दिन भोलि बैशाख २९ गते २५६९ औँ बुद्ध जयन्ती मनाउने भएको छ ।
भगवान् बुद्धप्रति आस्था प्रकट गरी विश्वभर मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
बाँके नेपालगन्ज न्युरोड गुम्बा परिसरबाट बाट बिहान ७:३० बजे बुद्ध मुर्ति सहित नेपालगन्ज परिक्रमा कार्यक्रमा रहेको र सम्पुर्ण बुद्ध धर्मप्रति आस्था रहेका सम्पुर्ण जातजातिहरु आ-आफ्नो भेषभुषा सहित उपस्थिति भइदिन बोैंद्द धर्म संघ केन्द्रीय समिति नेपालगन्ज बाँकेका कार्यबाहक अध्यक्ष नुरी सेर्पाले उपस्थिति भेैदिन सबै संघ संस्थालाई आवहान गरेको बताएका छन ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६४ अर्थात् आजभन्दा २५६९ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए ।
बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि पर्दछन् ।




