लायन्स क्लब अफ नेपालगन्ज एभरेष्टले बनभोज तथा न्यानो कपडा वितरण गरिएको छ ।
लायन वर्ष 2025/26 बनभोज तथा न्यानो कपडा वितरण कार्यक्रम डुडुवा गाउँ पालिका ५ शिद्धिविनायक लायन्स पार्कमा आमाको छात्रवासका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
लायन्स क्लब अफ नेपालगन्ज एभरेष्टले विभिन्न कार्यक्रम गरिरहदा सामाजिक क्षेत्रमा सक्रिय संघ संस्थालाई छनोट गरि सहयोग गर्ने गरेको र यश पटक आमाको छात्रवासका २० विद्यार्थीलाई बनभोज सँगसँगै न्यानो कपडा वितरण गरेको लायन्स क्लब अफ नेपालगन्ज एभरेष्टका सदस्य सुनिल केसीले बताउनुभयो ।
क्लवका अध्यक्ष पुष्पा सुवेदीको अध्यक्षता, लायन्स क्लब अफ ३२५ का गभर्नर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतित्थ्यता, कृष्णप्रसाद श्रेष्ठ र राजु दुलालको विशिष्ट आतित्थ्यता, दिपिका थापा, विकुल दाहाल, मिलन भट्ट र राजेश पटेलको अतिथित्थ्यता कार्यक्रम भएको हो।
सो अवसरमा वोल्दै प्रमुख अतिथि ज्ञानेन्द्र श्रेष्ठले पछिल्लो समय कुनै पनि लायन्सले कार्यक्रम गर्न नसकिरहेको बेला लायन्स क्लब अफ नेपालगन्ज एभरेष्टले बनभोज तथा न्यानो कपडा वितरण कार्यक्रम राखेकोमा क्लबको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निकै राम्रा र फलदायी कार्यक्रमको अपेक्षा राख्दै क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ नेपालगन्ज एभरेष्ट अध्यक्ष पुष्पा सुवेदीले बनभोज तथा न्यानो कपडा वितरण कार्यक्रममा सहयोग गर्नुहुने गोैंरी संकर ट्रेडर्सका संचालक दिर्गराज आचार्य जसले न्यानो कपडा उपलब्ध गराउनुभयो तेस्तै यहाँ वनभोज कार्यक्रम सम्म आउन जान गाडीको सहयोग गर्ने रेडहिल एकेडेमीलाई विशेष धन्यवाद दिनुभयो ।





