
फागुन १४ नेपालगन्ज ।
फागुन १५ अथार्त मगर स्थापना दिवस । मगर संघ स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा फागुन १५ मनाउँदै आएको छ । भोलि फागुन १५ गते ४३औं वर्षमा प्रवेश गरेको छ ।
२०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् । मगर दिवसमा एकापसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उदेश्य सहित मगर संगठन लागि परेको देखिन्छ ।
देशभर मगरहरुले फागुन १५ मनाउँदै गर्दा बाँकेमा भने मगर एकता दिवस जिल्ला शुन्य रहेको नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष राजन राना मगरले बताउनुभयो । फागुन १५ मगर एकता दिवस जिल्लाले बाँके जिल्लाका ८ वटै स्थानीय पालीकालाई एक जुट गराएर कुनै एक पालीकामा बृहत संख्यामा मगर एकताकाे सन्देश दिने गरि गर्नु पर्नेमा पालीका अनुसार गर्नु राम्रो होइन यस बिषयमा जिल्ला समितिले ध्यान दिनु पर्ने । पटक पटक हामी भन्दै आएका छाै माघ १ गते मकर सकराती सास्कृतिक पर्व हो यो सबैले आफ्नो टाेल समाज ,वडा र पालीकामा गर्दा धेरै राम्रो तर फागुन १५ मगर दिवस एक ठाउमा गर्नु पर्छ भन्ने सल्लाह न दिएकाे पनि हाेईन तर झन टुक्रिएर वडामा सम्म पनि गर्न लागेको सुन्दा राम्रो लागेन । कुनै पालिकाले र वडाले बजेट दियाे भनेर केही आर्थिक तथा ब्याक्तिगत स्वार्थमा यसरी हामी कार्यक्रम अलग अलग गर्नु ठिक हाेइन । आगामी आउने नेतृत्वले मगर दिवस जिल्ला भरी मगर एकताको सन्देश दिने गरि एक ठाउमा मात्र गर्नु पर्छ भन्दै आक्रोश पोखेका थिए ।




