
नेपालगन्ज । २८ मंंसिर
ईभी गाडीमध्ये चर्चित गाडीकाे रूपमा रहेकाे दिपलको नयाँ मोडेल एसयुभी कार एस०५ र डोङ्फेङ कम्पनीको नामी भिगो ब्राण्डको कारको नेपालगन्जमा सार्वजनिक भएकाे छ ।
शनिबार गनापुरमा रहेकाे शाखाकाे उद्घाटन गरिएको छ भने त्यसकाे एक दिनअघि शुक्रबार उक्त गाडीहरू सार्वजनिक गरिएको हाे ।
पानस अटोमोटिभले उक्त गाडी नेपालगन्जमा ल्याएकाे छ । पानस ग्रुपका अध्यक्ष ज्ञानेन्द्र खनालले एमएडब्लुको अटोमोबाइल क्षेत्रमा रहेको सफल इतिहास र दिपलको लोकप्रियतालाई ध्यानमा राखेर नेपालगन्जमा वितरणको जिम्मा लिइएको बताउनुभयाे ।
अध्यक्ष खनालले नेपालगन्जमा दिपलको वितरण सुरु भएको केही समय मात्रै भएपनि धेरै प्रयोगकर्ताहरुको रोजाइमा परेकोले आफूहरुलाई उत्साहित बनाएको भन्दै खुसी व्यक्त गर्नुभयाे ।उहाँले पानसको व्यापरिक जिम्मेवारी छोरा पुस्तामा हस्तान्तरण गरेकाे जानकारी पनि दिनुभयाे ।
दिपलको आकर्षक डिजाइन, ब्याट्री, सुरक्षा फिचर र स्मार्ट फिचरका कारण लोकप्रिय बनेकाे छ।




