समाचार

नेपालगन्ज सगरमाथा सिमेन्ट विरुद्ध उत्रिए गाउँले

बाँकेकाे बैजनाथ गाउँपालिकामा संचालित सगरमाथा सिमेन्टले ऐलानी जग्गा अतिक्रमणदेखि कर्मचारी र कामदार नियुक्तिमा समेत दादागिरी गरिरहेकाे खुलेकाे छ ।


उधाेगले आसपासकाे केही सरकारी जमिन अतिक्रमणसँगै उधाेगमा नेपाल अर्थात स्थानीय मजदुरलाई राेजगारी नदिइ भारतीय मजदुरलाई मात्रै काममा राखेकाे भनिएको छ ।
उधाेगकाे यस्ताे हर्कतका बिरुद्ध बैजनाथकाे अरनिकाे युवा क्लब र यसमा आबद्ध स्थानीयले बिराेध गरेका छन । उधाेगले खाेला नै मिचेर पुर्वाधार निर्माण गर्दा यश आसपासमा डुबानकाे उत्तिकै जाेखिम देखिएकाे क्लबका अध्यक्ष बिक्रम वली बताउँछन् ।


स्थानीयले उधाेगकाे दादागिरी र मनाेपाेली बन्द हुनुपर्ने, अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने र स्थानीयलाई राेजगार दिनुपर्ने आवाज उठाउँदै बिराेधमा उत्रिएको क्लवका अध्यक्ष वली बताउँछन् ।


उनका अनुसार सगरमाथाले तत्काल यी माग पूरा नगरे क्लब र स्थानीयले कडा आन्दोलन गर्ने भनिएको छ । यस बिषयमा सगरमाथाका  कर्मचारी  भने सम्पर्कमा आउन चाहेनन ।सितपाइलाबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button