समाचार

नेपालगन्जमा खुले सेभेन र मयुरा : स्वाद अरेबिका कफीको

नेपालगन्जमा ।

कफी ,फुड र ड्रिङ्कसका लागि नेपालगन्जको गणेशमानसिंह चोकमा सेभेन क्याफे र मयुरा क्याफे एकै साथ खुलेका छन् ।
शुक्रबार देखि औपचारिक रुपमा विक्रि खुल्ला गरिएको छ । कफी पारखीहरुले यहाँ अरेबिका कफी विन्जको स्वाद पाउनेछन् । आठौं शताब्दी ताका इथियोपिया स्थित कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी संसारभरी विस्तार भएको छ।
साथै दुवै क्याफेमा अन्य परिकार समेत उपलब्ध गराउने क्याफेका सञ्चालकले जानकारी दिएका छन् ।

पछिल्ला केही बर्षहरुमा नेपालगन्जमा कफी र क्याफे संस्कृतिको निरन्तर विकास भईरहेको पाईन्छ ।
विभिन्न खाले कफीका ब्राण्ड चलिरहेको नेपालगन्जमा अरेबिकाको स्वादका लागि गार्डेन सहित उपयुक्त वातावरण सेभेन क्याफेले उपलब्ध गराउने छ।
नेपलगन्जको मुख्य सडक सुर्खेत रोड क्षेत्रमा नेपालगन्जका चर्चित चिकित्सक जोडी डा.गोपाल श्रेष्ठ र डा.निना श्रेष्ठको क्लिनिक परिसरमा सेभेन क्याफे छ ।

संसारका विभिनन देश मध्ये सबैभन्दा बढी कफी प्रयोग गर्ने देश फिनल्याण्ड हो । त्यहाँ व्यक्तिले प्रति वर्ष १२.२ केजी कफी प्रयोग गर्छन्। कफीमा पाईने क्याफिन हो । क्याफिनले मानिसको स्नायु प्रणालीलाई प्रभाव पार्छ । यो एक प्राकृतिक रासायनिक तत्त्व भित्र पर्छ ।

प्रतिदिन एक ब्यक्तिले बढीमा ४०० मिलिग्राम क्याफिन सेवन गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन्। स्ट्याण्डर्ड मापदण्ड ३–४ कप कफीमा ४०० मिलिग्राम क्याफिन पुग्छ। कफीका विन्ज भुटेर पिसेको धुलो कफीलाई ९०–९६ डि से.मा तयार पारिन्छ ।

शुक्रबार देखि शुरुवात गरिएका यी दुई क्याफेको शुभारम्म्भ डा.निना श्रेष्ठले नै गरिन् । यि क्याफेका आम्दानीको १५ प्रतिशत च्यारेटीमा खर्च गरिने छ । गोपाल– निना फाउन्डेसन मार्फत उक्त रकम शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रमा खर्च गरिने छ । नेपालगन्जका बरिष्ठ चिकित्सक डा गोपाल श्रेष्ठ र निना श्रेष्ठको नाममा यो फाउन्डेसन स्थापना गरिएकोमा जसको सम्पुर्ण जिम्मेवारी दिलिप गिरिलाई दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button