
नेपाल मगर संघ खजुरा पालिका समितिको आयोजनामा अधिवेशन खजुरा ०२ स्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भएको छ।
नेपाल मगर संघ खजुरा गाउँ पालिकाका अध्यक्ष भिम राना मगरको संयोजकत्वमा भएको महाधिवेशनमा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर र विशिष्ट अतिथि नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट गणेश बहादुर थापा मगरको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष, जमुना फोैजा मगर, सचिव, सचिव तिर्थराज थापा मगर, शह सचिव सुरेश बहादुर थापा मगर, कोषाध्यक्ष सरिता थापा मगर र सदस्यमा उर्जर सिहं मगर, रमेश थापा मगर, दिनेश बुढा मगर, दल बहादुर राना मगर, प्रेम बहादुर थापा मगर, कल्पना राना मगर, सिता राना मगर, सिता राना मगर, मनोज पुन मगर, मिश्रा राना मगर लगायत १९ नयाँ कार्यसमिति चयन गरिएको छ। चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले सपथ ग्रहण गराउनु भएको थियोे ।
महाधिवेशनमा संगठन सुदृढीकरण, मगर समुदायका हक–अधिकार, भाषा, संस्कृति संरक्षण तथा भावी कार्ययोजनाबारे छलफल गरिएको थियोे ।




