समाचार

विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण : गोपाल निना फाउन्डेसन नेपाल

नेपालगन्ज ।
गोपाल निना फाउन्डेसन नेपाल बाँकेले श्री पाटेश्वरी आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण सम्पन्न ।

नेपालगन्जमा पछिल्लो समय सामाजिक कार्य गर्दै आइरहेको गोपाल निना फाउन्डेसन नेपालले आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा न. १८ भुजइ गाउँ स्थित श्री पाटेश्वरी आधारभुत विद्यालयलाई पाँच थान वाइड बोर्ड , १ थान ह्ववील चियर र विद्यार्थीहरुलाई चाहिने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

गोपाल निना फाउन्डेसनका कार्यलय प्रमुख दिलिप गिरिको संयोजकत्वमा भएको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा गोपाल निना फाउन्डेसनका सह-निर्देशक डा. तृप्ती पाल रामण , श्री पाटेश्वरी आधारभुत विद्यालयका अध्यक्ष मादब कुमार बर्मा , पुर्ण लाल चुके , अनुप सुवेदी , अनुप अर्याल , पुस्पा भुसाल , प्रतिभा पोैडेल लगायतको उपस्थिति रहेको थियो।

तेस्तै श्री पाटेश्वरी आधारभुत विद्यालयका ६,७,८ का विद्यार्थी र शिक्षक शिक्षिकालाई मंकीपक्स र एचएमपिभि रोगको बारेमा सचेतना मुलुक जानकारी , विद्यालय व्यवस्थापन समितिको तर्फबाट ७९ बर्षिय भिम बहादुर क्षेत्रीलाई हृवील चियर हस्तान्तरण भएको थियोे ।

गोपाल निना फाउन्डेसन नेपाल बाँकेले श्री पाटेश्वरी आधारभुत विद्यालयमा शैक्षिक स्रामग्री सहयोगमा अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल , अन्नपूर्ण डाइनोस्टिक ल्याब्रोटोरी , गणेशमान चोक ड्रग्स स्टोर र ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्रको समन्वय तथा सहकार्य रहेको थियोे ।

DCIM\101MEDIA\DJI_0929.JPG

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button