विदेशसमाचार

भव्य तयारीमा बढैयाताल महोत्सव

माघ १० गते । माघ १५ गते देखि बढैयाताल गुञ्जिने भएकाे छ । थारू कल्याणकारिणी सभा बढैयाताल गाँउपालिका गाउँ सभाकाे अायाेजनामा महाेत्सव हुने भएकाे हुँदा बढैयाताल गुञ्जिने भएकाे हाे ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएकोले ताल १० दिनकाे लागि गुञ्जयमान हुने भएकाे छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नारा र बढैयाताल पर्यटन पर्वद्धनका लागि र थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर संञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना हुन लागेको हाे ।

बढैयाताल वडा नं. ५ को कार्यालय र तालकाे उत्तर तर्फ पिकनिक स्पाेट नजिकै महाेत्सवकाे कामलाई तिव्र परिएकाे मेलाका संयाेजक संकर चाैधरीले बताए । माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव हुने भएकमे छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय नायक पल शाह लगायत अन्य कलाकार तथा गायिका अनु चाैधरी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।


महोत्सवमा थारु समुदायले प्रयोग गर्ने कला संस्कृति, भेषभुषा, खानाको परिकार, हस्तकला, कष्ठकला लागायत कृषि उत्पादनको प्रर्दशनी समेत गरिने छ । जसले थारु कला संस्कृति संरक्षण तथा प्रबद्रर्धनमा टेवा पुग्ने र तालकाे प्रचार प्रसार तथा प्रबर्द्धन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा पौराणिक थारु नाच प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । आयोजकले महोत्सवका लागि आवश्यक उपसमिति समेत गठन गरेको छ । महोत्सवलाई सफल पार्नका लागि पालिका भित्रका थारु गाउँका बरघरहरु गाउँ गाउँबाट महोत्सव उद्घाटनका दिन स्थानीय कला संस्कृति झल्किने झाँकी सहितको सहभागी गराउन तयारी समेत गरिएको आयोजकले जनाएको छ ।


महाेत्सवलाई सफल पार्नकाे लागि बढैयाताल गाँउपालिकाे अगुवा तथा व्यपारीहरू र बाँसगढीका अगुवा तथा व्यपारीहरू लागि परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button