
नेपालगन्ज ।
नेपालगन्जमा आजदेखी सुरू भएको प्रादेशिक महोत्सव – २०८१ को उद्घाटन पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियोे ।
नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ १० देखि २२ गतेसम्म चल्ने महोत्सवमा ३ सय ५० वटा स्टल सहित सुरु गरिएको प्रादेशिक महोत्सव – २०८१ को पहिलो दिन अथवा उद्घाटनका दिन झण्डै ४०/५० स्टल रहेको एरिया भागमा रातो र कालो कपडाले छोपिएर राखिएको छ । यसै बिसयमा हामीले नेपालगन्ज प्रादेशिक महोत्सव – २०८१ का स्टल बुकिङ समितिका सदस्यलाई सम्पर्क गरि यसरी किन छोपिएको भनी प्रश्न गर्दा स्टल बुकिङ भएको छ तर केही दिनपछि आउने बताएपनि स्टल यसरी ढाकछोप गर्नु कि त बुकिङ नभएर हो या त स्टल धेरै बनाएर भएर हो ।



तेस्तै आयोजकका अनुसार महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित जडीबुटी , कृषि प्रदर्शनीमा राखिने भनिएपनि पहिलो दिन यी यस्ता स्टलहरु देखिएका थिएनन् ।
आज भएको उद्घाटन समारोहमा बाँकेका मन्त्री , सांसद , स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रिय पदाधिकारी, वरिष्ठ उद्योगपति, ब्यापारी, समाजसेवी, नागरिक अगुवा लगायतको उपस्थिती रहको थियोे ।




