समाचार

अनलाइन पत्रकार संघ बाँकेले गर्यो निर्वाचित कार्यसमितिलाई सम्मान

अनलाइन पत्रकार संघ, बाँकेले मङ्सिर २८ गते भएको पत्रकार महासंघ बाँकेको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कार्यसमिति सदस्यलाई संघले सोमवार एक कार्यक्रमका वीच बधाई तथा शुभकामना दिएको हो ।

संघका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष नविन गिरीले पत्रकार र पत्रकारिता क्षेत्रका विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले पत्रकार र पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएको विकृति, विसंगती विरुद्ध आवाज उठाउने बताउँदै पत्रकारको हकहितमा लाग्ने जिकिर गरे ।
उनले कुनै राजनीतिक दलको प्रभावमा नपरि सवैलाई समान ब्यवहार गर्ने उद्घोष समेत गरे । कुनै विशेष राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुनुपर्ने बाध्यता भएको औँल्याउँदै उनले निर्वाचन सम्पन्न भएपछि कुनै एउटा खास दलको मात्र प्रतिनिधि हुन नसक्ने बताए ।

उनले नेपाल पत्रकार महासंघलाई देशकै नमुना शाखाको रुपमा स्थापित गर्न नयाँ नेतृत्वले भूमिका खेल्ने दावी गरे । ‘म अव एउटा खास दलको प्रतिनिधि नभई सवैको साझा भइसकेको छु । राजनीतिक आस्थाकै कारण कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन,’ उनले भने ।

संघका अध्यक्ष न्यौपानेले नेपाल पत्रकार महासंघलाई गतिशिल बनाउन सुझाव दिए । उनले राजनीतिक दलमा आस्था राख्नेहरुका कारण महासंघको बदनाम भइरहेको बताउँदै विगतमा भएका गल्ती नदोहोर्याउन आग्रह गरे । उनले समाचार लेखेकै कारण पत्रकार असुरक्षित बन्ने अवस्था सिर्जना भएको बताउँदै उनले पत्रकारको हकहित र अधिकार स्थापितका लागि गम्भिर हुनुपर्ने धारणा राखे ।
अधिवेशनमा देखिएको अस्वच्छ प्रतिस्पर्धालाई लिएर महासंघले दलिय आस्थाका आधारमा कसैलाई विभेद गर्न नहुने उनको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button