
खजुरा (बाँके),
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरब हादुर विक तुफान ,उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पाैडेलले गाउँपालिकाभर सञ्चालनमा रहेका साझेदारी निर्माणाधीन पूर्वाधार विकास कार्यक्रम (Local Infrastructure Support Program – LISP) अन्तर्गतका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा अध्यक्ष, उपाध्यक्ष, प्राविधिक टोली तथा वडा प्रतिनिधिहरूले निर्माणाधीन सडक, तटबन्ध र सिँचाइ आयोजना स्थलहरू अवलोकन गर्दै कार्यप्रगति, गुणस्तर र जनसहभागिताबारे प्रत्यक्ष जानकारी लिएका थिए।
गाउँपालिकाको वार्षिक बजेट र LISP साझेदारीबाट सञ्चालनमा रहेका यी योजनाहरू ग्रामीण सडक सञ्जाल विस्तार, कृषि उत्पादन वृद्धी र विपद् जोखिम न्यूनीकरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएका छन्।
अनुगमन गरिएका प्रमुख योजना विवरणहरू
वडा नं. २ :
मैटहवा माध्यमिक विद्यालयदेखि भारत सिमासम्म ग्रामिण सडक स्तरोन्नती, सुर्वेदीचोकदेखि पश्चिम एल गाउँ (५९ नं.) सम्म सडक सुधार कार्य।
वडा नं. ३ :
जुम्ली हवलदारको घरदेखि आशा बलालको घरसम्म र रामकुमारको घरदेखि केदार पाठकको घरसम्म सडक स्तरोन्नती।
साथै, धौलागिरी किरन नालामा पर्यटकीय पुल तथा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा।
वडा नं. ४ :
किरण भवानी मन्दिरदेखि बुद्धपुरसम्म, ईगाउँदेखि माथिल्लो रिहार हुँदै भण्डारिया गाउँसम्म र गाउँपालिका कार्यालयको उत्तरतर्फ गगन विकको घरसम्म सडक स्तरोन्नती कार्य।
वडा नं. ५ :
खजुरा मुवारकको घरदेखि दक्षिणतर्फ डिल्ली सरको घरसम्म, इरफान जोलाहको घरदेखि गंगाराम कोरीको घरसम्म र जिबराईल बेहनाको घरदेखि बौखल बेहनाको घरसम्म सडक सुधार।
वडा नं. ६ :
छोटे गुजरको घरदेखि पहलमानको घर हुँदै जिबराईलको घरसम्म सडक स्तरोन्नती।
वडा नं. ७ :
कलहंसन गाउँदेखि वडा नं. ८ रनियापुर जोड्ने सडक स्तरोन्नती तथा महानखोलामा विपद् जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण कार्य।
वडा नं. ८ :
चमकदारपुरदेखि दक्षिणतर्फ मनिनीको घर हुँदै आँपको बगैचासम्म सडक स्तरोन्नती र बुधनपुरदेखि सोल्टीपुर गाउँसम्मको ग्रामिण सडक सुधार।
अनुगमनका क्रममा अध्यक्ष र उपाध्यक्षले योजनाहरूको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै “गुणस्तरमा कुनै सम्झौता नगरियोस्, निर्धारित समयमै काम सम्पन्न गरियोस्” भन्ने निर्देशन दिएका छन्।
स्थानीयवासीले गाउँपालिकाको सक्रियता र विकासमा प्राथमिकताप्रति प्रशंसा गर्दै यी योजनाहरूले गाउँको आर्थिक र सामाजिक विकासमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरेका छन्।




