
तिहारको पाचौं दिन अथवा छठ पर्वको समयमा लाग्ने मेलामा उल्लेखनीय मानिसको उपस्थिति ।
प्युठान जिल्लाको ऐरावती गाउँ पालिका वडा न.४ धुबाङ्ग बगेँचामा लाग्ने मेलामा उपस्थित जन मानवले पछिल्ला समयका भन्दा यसपटक निकै बेवस्तित तरिकाले मेला आयोजना भएको बताएका छन । हरेक बर्ष तिहारको पाँचौ दिन लाग्ने मेला यसवर्ष पनि उतिक्कै व्यवस्थित तरिकाले मेला सम्पन्न भएको बगेँचा मेला व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर रोका मगरले बताउनु भएको छ ।
मेला समितिका अनुसार यस मेलामा देश विदेशबाट पनि सहभागिता रहदै आएको र मेलालाई सभ्य भव्य बनाउन र सुरुक्षाका लागि प्रहरीको पनि निकै भुमिका रहेको बगेँचा मेला व्यवस्थापन समितिका सचिव खकेन्द्र खत्रीले बताउनु भयो ।
मेलामा राम्रो सुरक्षा व्यवस्थापनका कारण नाचगान गर्न विभिन्न गाउँका ६ वटा क्लब र संघ संस्थाले आफ्नो नृत्य देखाएर आगन्तुक मानिसहरुलाई मनोरञ्जन देखाइएका थिए । विशेषगरी किनमेल र नाचगानका लागि प्रसिद्ध मेला परिसरमा जुवा , तास , मदिरा भने रोक लगाइएको थियोे ।
मेला सभ्य भब्य बनाउन बगेँचा मेला व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर रोका मगर, ऐरावति गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष संखर भण्डारी , वडा सदस्य निमा रोका मगर , प्रहरी सहायक निरीक्षक हरि पाण्डे, बगेँचा मेला व्यवस्थापन समितिका सम्पुर्ण कार्यकारी समितिका पदाधिकारी लगायत राजनीति क्रमिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।






