
बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालीकाकाे अन्तरपालीका वैठकबाट १० वटा निर्णय सर्वसहमतले पारीत भएको छ ।
जानकी गाउँपालीकामा आज वसेको बैठकबाट अन्तरपालीका सिमाना जोड्ने पुर्वाधार निमार्ण, सयुक्त गेट निमार्ण, किरण खोलामा तटवन्धन निमार्ण गर्ने सम्वन्धमा दुवै पालीकोको सयुँक्त वैठक बाट निर्णय भएको हो ।
त्यसैगरी बैठकबाट संयुक्त हाइटेन्सन लाइनको सहजीकरण गर्ने सम्वन्धमा , वातावरणीय सन्तुलनको लागी सडक किनारमा वृक्षारोपन गर्ने,फोहर मैला व्यवस्थापन सम्वन्धमा अन्तरपालीको साझेदारीमा दमकल खरिद गर्ने निर्णय सहमती भएको खजुरा गाउँपालीका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभएको हो ।सो बैठकमा छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापन गर्ने, कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थापन गर्ने, उद्योग कलकरखानाको वातावरणीय प्रदुषण न्युनीकरण गर्ने बारेमा निर्णय भएको अध्यक्ष विकले बताउनुभयो ।
आर्थिक वर्ष २०८२।२०८३ मा वार्षिक कार्यक्रममा संयुक्त रुपमा अघि वढाउने र दुवै पालीकाको लागी आवश्यक ठुला योजना प्रदेश र संघिय सरकार समक्ष सिफारीश गर्ने सर्वसहमतले दुवै कार्यपालीकाको अन्तरपालीकाको संयुक्त वैठकबाट निर्णयहरु भएको जानकी गाउँपालीका अध्यक्ष छव्व्न खाँ ले बताउनु भयो ।




