समाचार

फागुन १९ गते नेपालगन्जमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना

नेपालगन्ज ।
राष्ट्रबादी जनता नेपालगन्ज बाँकेले राजसंस्थाकाे पक्षमा बृहत मोटरसाइकल र्‍याली आयोजना गर्ने भएकाे छ।


राजसंस्था, सनातन सापेक्ष हिन्दू अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्यसहित फागुन १९ गते नेपालगन्ज रामलिला मैदानबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्‍याली आरम्भ हुँदैछ । केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणा पनि उपस्थिति हुने राप्रपा महामन्त्री रिषिराज देवकोटाले बताए ।

राष्ट्रबादी जनताका अनुसार फागुन १९ गते नेपालगन्ज रामलिला मैदानबाट दिनको १२ बजेदेखि बृहत मोटरसाइकल र्‍याली आरम्भ हुँदैछ । मोटरसाइकल र्यालीले नेपालगन्ज परिक्रमा गर्ने बताए ।

राजसंस्था, सनातन सापेक्ष हिन्दू अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्यसहित सात प्रदेशमा शुरु गरेको बृहत मोटरसाइकल र्याली तथा आमसभा फागुन १३ धनगढीमा बृहत सँगै आज फागुन १७ गते बुटवलमा आमसभा हुदैछ भने नेपालगन्जमा फागुन १९ गते मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button