समाचार

पत्रकारमाथी भएको दुर्व्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सना

न्युज बाँके डटकमका पत्रकार टार्जन ओली र नयाँ प्रदेश डट कम का कार्यकारी सम्पादक सलामत अलि शेष माथि नेपालगन्जमा संचालन भइरहेको प्रादेशिक महोत्सवमा भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले प्रेस बिज्ञप्ती जारी गर्दै न्युज बाँके डटकमका पत्रकार टार्जन ओली र सलामत अलि शेष माथि नेपालगन्जमा संचालन भइरहेको प्रादेशिक महोत्सवमा भएको दुर्व्यवहारको भत्सर्ना गर्दै यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका हुन् ।

पीडित पत्रकारका अनुसार, नेपालगन्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसरमा संचालन गर्दै आएको प्रादेशिक महोत्सवमा शनिवार समाचार संकलनका क्रममा परिचय दिंदादिदै अवरोध सिर्जना गरि आयोजकका तर्फबाट सुरक्षाकर्मी लगाएर बाहिर निकाल्दै दुर्व्यवहार गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button