समाचार

गोपाल नीना फाउन्डेसन नेपाल द्वारा बागेश्वरी मन्दिर परिसरमा विशेष सरसफाइ सम्पन्न


नेपालगञ्ज – गोपाल नीना फाउन्डेसन नेपालको आयोजनामा शनिबार बागेश्वरी मन्दिर, नेपालगञ्ज परिसरमा विशेष सरसफाइ अभियान सम्पन्न भएको छ। वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सामाजिक संघ–संस्था तथा स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण संस्था तथा महानुभावहरूप्रति गोपाल नीना फाउन्डेसन नेपालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
फाउन्डेसनले विशेष रूपमा नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका–२ वडा कार्यालय, नेपालगञ्ज साइक्लिङ क्लब, बाँके जिल्ला साइक्लिङ संघ, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA), PEAN, बागेश्वरी मन्दिर सञ्चालन समिति, बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघ तथा National PATH LAB प्रति विशेष कृतज्ञता व्यक्त गरेको छ।
फाउन्डेसनका अनुसार ती संस्थाहरूको अमूल्य सहयोग, समन्वय र सक्रिय सहभागिताले अभियानलाई थप व्यवस्थित, प्रभावकारी तथा सफल बनाउन महत्वपूर्ण योगदान पुगेको छ। साथै, स्वच्छ वातावरण, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यप्रति संस्थाहरूले देखाएको प्रतिबद्धता अनुकरणीय रहेको जनाएको छ।
गोपाल नीना फाउन्डेसन नेपालका जनसम्पर्क अधिकृत विजयेन्द्र जीसीले आगामी दिनमा पनि यस्तै आत्मीय सहयोग, सहकार्य र साथ निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्दै अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै संस्था, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
गोपाल नीना फाउन्डेसन नेपालले यस्ता सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button