खेलकुदसमाचार

नेपालगन्जमा पश्चिम नेपालकै ठुलो फुटसल प्रतियोगिता हुँदै

पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता GOALFEST 2026 आगामी माघ ९ र १० गते (जनवरी २३ र २४, २०२६) मा बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब, नेपालगन्जमा आयोजना हुने भएको छ।

उक्त प्रतियोगिता इश्वरी युनाइटेड प्रा. लि. द्वारा आयोजना गर्न लागिएको हो। GOALFEST 2026 ले नेपालगन्ज तथा आसपासका जिल्लाहरूबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ। खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक ईश्वरी युनाईटेडका अध्यक्ष सौगात बिक्रम शाहले जनाएका छन्।


उनका अनुसार GOALFEST केवल एक प्रतियोगिता मात्र नभई पश्चिम नेपालमा फुटबल संस्कृतिको उत्सव हो। युवालाई खेलकुदतर्फ आकर्षित गर्दै व्यावसायिक फुटसल वातावरण निर्माण गर्नुका साथै बाँके जिल्लालाई खेलकुद एक गन्तव्यको रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य हो।


प्रतियोगिताका खेलहरू व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिनेछ भने रु ७५,०००/- प्रथम पुरस्कार राशी, ट्रफी तथा पदकको व्यवस्था गरिएको छ। साथै दर्शकहरूका लागि मनोरञ्जनात्मक गतिविधि, खानका स्टल र अन्य गतिबिधी पनि रहने छ जसले प्रतियोगितालाई अझ आकर्षण, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास कार्यक्रम संयोजक रोशन महतराले व्यक्त गरेको छन ।


प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ। इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब तथा मान्भी स्पोर्ट्स हाउस (QFX भित्र) बाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन्। सीमित सिट भएकाले छिटो दर्ता गर्न आयोजकले अनुरोध गरेको छ।


GOALFEST 2026 ले पश्चिम नेपालमा फुटसल प्रतियोगिताको नयाँ मापदण्ड स्थापित गर्दै खेलकुद, समुदायिक एकता र युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button