समाचार

गोपाल निना फाउन्डेसनले गर्यो आश्रमलाई सहयोग

नेपालगन्ज ।

गोपाल निना फाउन्डेसन बाँकेले मानव सेवा आश्रममा ब्लाङकेट सहयोग गरेको छ।


फाउन्डेसनले आश्रमलाई ५१ थान ब्लाङकेट र पाँच बर्षिय सानो नानीलाई एक जोड न्यानो कपडा सहयोग गरेको दिलिप गिरीले बताउनुभयो ।


दिनानुदिन चिसो बढ्दै गएको र नयाँ बर्षकको अवसर पारेर आश्रममा रहेका असहाय व्यक्तिहरुलाई थोरै भएपनि न्यानो आश्रय दिन फाउन्डेसनले ब्लाङकेट वितरण गरेको हो भने बिहानको खाना समेत फाउन्डेसनले खुवाएको थियोे ।
गोपाल निना फाउन्डेसनका कार्यलय प्रमुख दिलिप गिरिको संयोजकत्वमा भएको ब्लाङकेट हस्तान्तरण कार्यक्रममा गोपाल निना फाउन्डेसनका अभिभावक तथा नेपालकै प्रसिद्ध स्त्रीरोग बिशेषज्ञ डा. निना श्रेष्ठ , फाउन्डेसनका अध्यक्ष डा. गोैंरब श्रेष्ठ , डा. तृप्ती पाल रामण , पुर्ण लाल चुके , लोकनाथ शर्मा , बिपुल बर्मा , प्रतिभा पोैंडेल , अनुप सुवेदी , अनुप अर्याल , पुस्पा भुसाल लगायतको उपस्थिति थियो।

जसका कोहि हुदैनन् , जसको केही हुदैन, उनैंका सेवामा समर्पित मानव सेवा आश्रममा अहिले झण्डै ५२ जना सडकआश्रित ,बेसहारा अशक्त असहाय, अनाथ, अभिभावकविहिन शारीरिक तथा मानसिक रूपमा कमजोर भएका मानवहरुको आश्रय बन्दै आएको मानव सेवा आश्रम नेपालगन्ज १० मा अवस्थित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button