समाचारसाहित्य

नेपालगञ्जमा मगर समुदायको प्रमुख पर्व माघी भव्य रूपमा सम्पन्न

नेपालगञ्जमा मगर समुदायको प्रमुख पर्व माघी भव्य रूपमा सम्पन्न

नेपाल मगर संघ नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मगर समुदायको प्रमुख पर्व माघी विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दिनेश थापा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कम्रुदन राई, सहायक रथी प्रशान्त विक्रम राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर लगायत विभिन्न जातीय संगठनका अध्यक्ष, राजनीतिकर्मी तथा राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत आयोजित एकल सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम चन्दा घर्ती मगर, द्वितीय तिप्ती घर्ती मगर र तृतीय मानवी थापा मगर हुन सफल हुनुभएको थियो।

त्यसैगरी माघी कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य जाँच शिविरबाट करिब १५० जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि सेवा प्राप्त गरेका थिए।

स्वास्थ्य शिविर सञ्चालनमा गोपाल निना फाउन्डेसन, यशोदा फार्मेसी, एनपीएल नेशनल पाथ ल्याब, मानवता नेपाल बाँके तथा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.को सहकार्य रहेको थियो ।

अध्यक्ष थापाले मगर समुदायको सांस्कृतिक पहिचान, एकता र आपसी सद्भावलाई थप मजबुत बनाएर निमन्त्रणालाई सुइकार गरि कार्यक्रममा उपस्थिति भइदिनु भएकोमा सम्पुर्ण मगर सबै जातीयलाई धन्यवाद अपहरण गर्नु भएको थियोे ।

तेस्तै कार्यक्रमलाई सफल भब्य बनाउन नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका का सचिव मान बहादुर थापा मगर, चर्चित पत्रकार क्षितिजा जिएमले संचालन गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button