
बाँके, पौष १७ ।
आज मिति २०८२ साल पौष १५ गते बाँके जिल्ला अन्तर्गत नौमती बाजा समूहको भेलाबाट नयाँ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ। परम्परागत नौमती बाजाको संरक्षण, प्रवर्द्धन तथा संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
गठित जिल्ला कार्यसमितिको अध्यक्षमा नैना पुन मगर चयन हुनुभएको छ। उपाध्यक्षमा बल बहादुर चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी लाल बहादुर थापालाई दिइएको छ। त्यसैगरी कोषाध्यक्षमा नन्दा श्रीस मगर चयन हुनुभएको छ।
सदस्यहरूमा डोला श्रीस मगर, चुरादेवो गुरुङ र कमला राना चयन भएका छन्। साथै सल्लाहकारमा जोत बहादुर थापा, राज थापा र सुभी रोकालाई मनोनयन गरिएको छ।
भेलामा सहभागीहरूले नौमती बाजा नेपालको मौलिक सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न संगठनले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित कार्यसमितिले आगामी दिनमा जिल्लाभर नौमती बाजा समूहलाई संगठित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।




