
नेपाल मगर संघ खजुरा गाउँपालिकाको आयोजनामा नयाँ वर्ष २०८३ को भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा मगरको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा खजुरा गाउँपालिकाका सल्लाहकार चेतबहादुर राना मगर रहेका थिए। त्यसैगरी, कार्यक्रममा अतिथिका रूपमा नेपाल मगर संघका जिल्ला अध्यक्ष भूपेन्द्र पुन मगर, उपाध्यक्ष अम्बर पुन मगर, सचिव राजन राना मगर, सदस्य लक्षुमन थापा मगर लगायत खजुरा गाउँपालिका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेतबहादुर राना मगरले यस्ता कार्यक्रम सबै पालिकामा सञ्चालन हुन सके अझ प्रभावकारी हुने धारणा व्यक्त गर्दै नेपाल मगर संघ एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। त्यसैगरी, जिल्ला अध्यक्ष भूपेन्द्र पुन मगरले हाल सबै पालिकामा संघको गतिविधि पूर्ण रूपमा परिपक्व नभएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय तहसँग समन्वय गरी विविध कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन नेपाल मगर संघ खजुरा गाउँपालिकाका सचिव तिर्थराज थापा मगरले गरेका थिए ।




