
प्युठानी युवा समाज बाँकेले हरितालिका तीज २०८१ को अवसरमा तिज मिलन कार्यक्रम गर्ने भएको छ ।

प्युठानी युवा समाज बाँकेले यहि भदौ १ गते आइतबार दिउँसो तीन बजेदेखि नेपालगन्ज न्युरोड स्थित होटल आयुष्मामा गायिका इब्सल सन्ज्यालको साथमा तीज मिलन कार्यक्रमको आयोजना गरेको प्युठानी युवा समाज बाँकेका सचिव रोशन केसीले बताउनुभयो ।
नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा प्युठान घर भई बाँके जिल्लामा आई बसोबास गर्ने सम्पूर्ण महिला दिदीबहिनी, बुवाआमा दाजुभाईहरुलाई दर खुवाउने र हराउँदै गएको नेपाली कला, संस्कृति, भााषा, रितिरिवाज, परम्परालाई जोगाइ राख्न बर्षोैदेखी तिज मिलन कार्यक्रम गर्दै आएको र यसवर्ष पनि निरन्तरता दिन नि-शुल्क तिज मिलन कार्यक्रम राखेको प्युठानी युवा समाज बाँकेका अध्यक्ष बिष्णु श्रेष्ठले बताउनुभयो ।
लामो समयदेखि नेपालगन्जमा होटल व्यवसाय संलग्नता नवीन जिसि तथा होटल आयुष्माका संचालक जिसिको विशेष सहयोगमा हरितालिका तीज २०८१ को भब्यताका साथ तीज मिलन कार्यक्रम हुन सम्पुर्ण तयारी पुरा भैसकेको सचिव केसीले बताउनुभयो ।





