अन्यराजनीतिविदेशसमाचार

विद्यार्थी आवतजावतका लागि स्थानीयले बनाईदिए अस्थाई पुल ।

प्युठान ।
विद्यालयको पहलमा स्थानीयले बनाईदिए अस्थाई पुल ।


प्युठान ऐरावती गाउँमा पालीका वडा न.४ धुवाङ्गमा रहेको श्री पद्मोदय निम्नमाध्यमिक विद्यालयका विद्यार्थीहरूलाई आवतजावतमा समस्या नहोस भन्दै स्थानीयले अस्थाई पुल निर्माण गरिदिएका छन ।

वर्षातको समयमा एक्कासी आउने ठाडो खोलाले विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने र पानी पर्ना साथ विद्यार्थीहरु डराउनुको साथसाथै विद्यार्थीहरू विद्यालय आउनबाट बन्चित हुनेहुदा अस्थाई रुपमा पुल निर्माण गरेको श्री पद्मोदय निम्नमाध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

पुल निर्माण भएपछि विद्यार्थी मात्र होइन स्थानीयवासीलाई पनि आवतजावतमा सहज हुने विद्यालयका प्राधानाध्यापक कुल बहादुर रोका मगरले बताउनुभयो ।

विद्यालयका विद्यार्थी र स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएर अस्थाई रुपमा पुल निर्माण गरेको साथै वडा, प्रदेश र केन्द्रका जनप्रतिनिधि समेत लाई जानकारी गराई पक्की पुलको लागि पहल गरेको छोेै सापकोटाले भने । अहिले स्कुलमा झण्डै १ सय ५५ विद्यार्थीले पठनपाठन गरिरहेका छन वर्षा र खोलाको डरले विद्यालय आउनबाट बन्चित नहुनभनेर अस्थाई पुल निर्माण गरेको अध्यक्ष सापकोटाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button