खेलकुदराजनीतिसमाचार

प्रदेश स्तरीय वडा क्रिकेट आज देखी सुरु

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले उद्घाटन गरे ।


उनले पछिल्लो समय क्रिकेट खेलले नेपालको पहिचान बिश्वसामु पुयाउंने काम गरेको बताए । उनले बाँकेका क्रिकेट खेलाडीहरुको प्रदेशले बाँकेलाई मात्र नचिनाएर नेपाललाई चिनाउन मद्दत गरोस् भन्ने आफ्नो चाहना रहेको सुनाए । मन्त्री अग्रवालले प्रदेश सरकारले समेत खेलकुद क्षेत्रलाई प्राथमिकता राखेको बताए ।
उनले प्रदेशका विभिन्न जिल्लामा स्थानीय सरकारले आयोजना गर्ने खेलकुदका गतिविधिहरुमा सहभागी हुन मुख्यमन्त्रीकै निर्देशन रहेको पनि जानकारी दिए ।


उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले प्रतियोगिताको निरन्तरताको कामना गरे । उनले खेलकुद प्रतिस्पर्धामात्र नभएर स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण रहेको बताए । वडा अध्यक्ष सराफत हुसेन शेषले पनि खेलकुदका माध्यमबाट आफ्नो वडा र नेपालगन्जलाई चिनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले आगामी दिनमा यो प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाइने प्रतिवद्वता जनाए । कार्यक्रममा बाँकेका एसपी तुल बहादुर कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष समीर प्रताप सिंह, क्रिकेट संघ बाँकेका सदस्य सुनिल सिंह हमाल, राष्ट्रिय खेलकुद परिषदका कोच दिपेन्द्र प्रताव सिंह, राष्ट्रिय खेलाडी सुबेन्धु पाण्डे, समाजसेवी मेहफुजर रहमान, मुस्ताक अनसारी, जसपाका संगठन विभाग प्रमुख अतर हुसेन फारुकी लगायतको उपस्थिति रहेको आयोजक मेराज अन्सारीले बताए ।


प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछ । यस्ते उपविजेता टिमले रु ५० हजार हात पार्नेछ । यसैगरी म्यान अफ द सिरिजले एक थान एलइडी टिभी, वेष्ट बलरले एक थान दराज, वेष्ट ब्याट्सम्यानले १ थान साइकल प्राप्त गर्ने वडा अध्यक्ष शेषले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button