अर्थ/वाणिज्यसमाचार

अब सवारी लाइसेन्स १० वर्षसम्म मान्य हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म म्याद कायम रहने व्यवस्था गरेको हो।

यसअघि लाइसेन्सको म्याद पाँच वर्ष मात्र हुने प्रावधान थियो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर यो नयाँ व्यवस्था ल्याइएको हो। त्यस्तै, सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) अवधि पनि परिमार्जन गरिएको छ।

संशोधित प्रावधानअनुसार, नयाँ दर्ता भएका सवारीका लागि जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ। अन्य सवारीका हकमा भने प्रमाणपत्रको म्याद छ महिनासम्म मान्य हुनेछ।

नयाँ व्यवस्थाअनुसार प्रदूषण परीक्षण र जाँचपासका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने व्यवस्था गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button