अन्यसमाचार

अविवाहित हुँ भनेर माया जालमा पार्यो पछि हत्या गर्यो

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा एक युवकले युवतीलाई पहिला माया जालमा फसाएर पछि तिनै प्रेमीकालाई क्रुरता पुर्वक हत्या गरेको छ ।

दैलेख घर भएकी २१ वर्षकी निर्मला थापा विगत १४ महिनादेखि नेपालगन्जमा रहेको सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा वेटरको रुपमा कार्यरत रहेकी थिइन् । उनलाई बर्दिया घर भएको ३५ वर्षको प्रकाश सुनारले निर्मलाकै सलले घाँटी थिचेर मारेको प्रहरीको भनाइ रहेको छ । प्रकाशले स्थानीय स्वस्तिक कटेजमा क्याप्टेन पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । नीज सुनारले मृतक निर्मलालाई आफू अविवाहित भएको र आफ्नो थर समेत परिवर्तन गरेर बताएको निर्मलाकी बहिनीको भनाइ रहेको छ ।

प्रकाश र निर्मला केही समयदेखि लिभिङ टुगेदरका रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ वेलासपुरमा कोठा भाडामा लिएर बस्दै आएको स्थानीयले बताए । प्रकाशले हत्या गरिसकेपछि निर्मलाको बहिनीलाई फोन गरेर दिदीलाई मारेको बताएको बहिनीले बताइन् । उनले आफ्ना साथीहरूलाई समेत अब कहिल्यै भेट नहुने भनेको उनिसित काम गर्ने साथीहरुलाई बताएको बताउँछन् ।

मृतक निर्मलाका घरपरिवार दैलेखबाट आएर पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । हत्यारा प्रकाशलाई हदैसम्मको कारबाहीहोस् भनी  परिवारको माग छ । सुनाखरी रेष्टुरेन्टका अध्यक्ष पवित्र शर्माले निर्मला इमानदार कर्मचारी रहेको, उनले आफ्नो प्रेम सम्बन्धका बारेमा रेष्टुरेन्टमा कसैलाई नबताएको बताउनुभयो ।


हत्यारा प्रकाशले निर्मलालाई मारीसकेपछि प्रहरीकहाँ आफै गएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button