राजनीतिसमाचार

घरदैलोमा कमरुद्दिन राईलाई मतदाताको आशिर्वादको ओइरो


बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदाताको आशिर्वाद र समर्थनको ओइरो लागेको छ। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले उनलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरेका छन्।


शुक्रवार नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन्। उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्।


त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै भोट दिन्छु। तपाईँलाई जितको शुभकामना र आशिर्वाद छ,” उनले भने।


कमरुद्दिन पुगेका स्थानमा स्थानीय नागरिकले भव्य स्वागत गर्ने गरेका छन्। उनी पुग्नेबित्तिकै उत्साह र खुसीको वातावरण बन्ने गरेको स्थानीयको भनाइ छ। नेपालगञ्ज–१९ का रामकुमार तेलीले कमरुद्दिनसँग गला मिलाउँदै भने, “आफ्नो घरमा तपाईँलाई पाउँदा अत्यन्तै खुसी लागेको छ। तपाईँलाई हाम्रो भोट पक्का भयो।”


मतदाताबाट प्राप्त माया, स्नेह र सौहार्दताले आफूलाई थप ऊर्जा र हौसला मिलेको कमरुद्दिनले बताएका छन्। उनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहो¥याउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button