
कोहलपुर ।
राजावादी नागरिक जनता कोहलपुरले राजसंस्थाकाे पक्षमा बृहत मोटरसाइकल र्याली आयोजना गर्ने भएकाे छ।
राजसंस्था पुनस्र्थापनाका लागि यहीँ चैत १५ गते शुक्रबार दिउँसो १ बजे बाँके कोहलपुर चोैंराहामा मोटरसाइकल र्याली मार्फत जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।
गणतन्त्र वादीको हबगद्दी देखिएपछि राजसंस्था र हिन्दुराज्य अनिवार्य चाहिएको र पछिल्लो समय देशव्यापी रुपमा भइरहेको जनआन्दोलनले हिन्दुराज्य र राजसंस्थाको माग भै रहेको बेला हामीले पनि कोहलपुरमा वृहत् मोटरसाइकल र्याली द्वारा जनप्रदर्शन गरिने समाजसेवी , युवा राष्ट्रवादी नेता अर्जुन जंग शाहले जानकारी दिनुभयो ।
राजावादी नागरिक जनताका अनुसार चैत १५ गते कोहलपुर चोैंराहामा भेलाभई मोटरसाइकल द्वारा कोहलपुर नगर परिक्रमा गर्ने र राजसंस्था, सनातन सापेक्ष हिन्दू अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य , राजा आउ देश बचाउ , हिन्दुराष्ट्र कायम गर जस्ता पम्प पिलेट लिएर बृहत मोटरसाइकल र्याली हुने आयोजक समितिले जनाएको छ ।

तेस्तै सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई सहभागी हुन राजावादी नागरिक जनताले आह्वान गरेको छ ।





