
नेपालगन्ज, बाँके — भे… ८४४९ नम्बरको बुलेट मोटरसाइकलले कारकादो क्षेत्रमा अर्को मोटरसाइकललाई ठक्कर दिएर फरार भएको छ। दुर्घटनामा परेका मोटरसाइकल चालक घाइते भई हाल नेपालगन्ज नर्सिङ होममा उपचाररत रहेको जनाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि बुलेट मोटरसाइकल चालक घटनास्थलमै नरोकी फरार भएका थिए। घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको र वरपरका सिसिटिभी क्यामेराको फुटेज संकलन गर्ने काम भइरहेको बताइएको छ।
घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सार्वजनिक गर्ने तयारी भइरहेको र फुटेज सार्वजनिक भएमा फरार चालकको मोटरसाइकल तथा अनुहार समेत पहिचान हुने बताइएको छ।
उक्त मोटरसाइकल नम्बर चिन्ने वा दुर्घटनाबारे जानकारी हुने जो–कोहीले नजिकको प्रहरी कार्यालय वा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरिदिन पीडित पक्षले अनुरोध गरेको छ। साथै, फरार रहेका बुलेट मोटरसाइकल चालकलाई स्वयं सम्पर्कमा आउनसमेत आग्रह गरिएको छ।




