राजनीतिसमाचार

नेपालगञ्ज जेसिज वर्ष २०२६ को अध्यक्षमा मोहित बाबु शर्मा


नेपालगञ्ज ।

नेपालगञ्ज जेसिजको वर्ष २०२६ का लागि सम्पन्न निर्वाचनबाट जेसि मोहित बाबु शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। पेशाले इन्जिनियर रहेका शर्मा हाल एच.डी. डेकोर तथा इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन्।

नेतृत्व विकास, सामाजिक सेवा र युवाको क्षमता अभिवृद्धिमा निरन्तर सक्रिय रहँदै आएको नेपालगञ्ज जेसिज मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्। स्वदेशमै केही गर्ने दृढ सोच बोकेका ऊर्जावान युवा उद्यमी शर्माले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तेस्तै का.का. उपाध्यक्ष जेसि यसवीन कोइराला र जेसि विष्णु बुढाथोकी रहेका छन भने उपाध्यक्षमा जेसि स्नेहा शर्मा, जेसि बडाल बाबु शर्मा, जेसि लोकनाथ पोखरेल तथा जेसि सत्यनारायण थारु रहेका छन्।

नेपालगञ्ज जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू स्वतन्त्र रूपमा सदस्य बन्न सक्ने व्यवस्था रहेको छ। “एक पद, एक कार्यकाल” को सिद्धान्तमा आधारित संस्थामा हाल ५४ जना सक्रिय सदस्य आबद्ध छन्। जेसिजले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सचेतनाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नवनिर्वाचित अध्यक्ष शर्मा तथा सम्पूर्ण कार्यसमितिलाई जेसिज २०२३ का अध्यक्ष जेसि रोशन केसीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button