अन्यअर्थ/वाणिज्यराजनीतिसमाचार

महिलालाई चुरा, डोरी तथा कानका झुम्का बनाउने १० दिने तालिम सुरु

नेपालगन्ज बाँके। महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले २५ जना महिलाहरूका लागि १० दिने चुरा, डोरी तथा कानका झुम्का बनाउने तालिम आजबाट सुरु भएको छ।

पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँके को आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सभाध्यक्ष डम्बर थापा मगर रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश सरकार सार्वजनिक लेखा समितिकी सभापति माननीय माया पुन मगर अतिथि प्रमोद बहादुर श्रेष्ठ, हेमन्त कमचार्य, चन्द्रशेखर श्रेष्ठ, राजन राना मगर, विरेन्द्रमान श्रेष्ठ, भुमण्डल प्रकाश श्रेष्ठ लगायत पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि माया पुन मगर ले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो। उहाँले गरिब, असहाय तथा अवसरबाट वञ्चित महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले आत्मनिर्भर बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोडिन उहाँले सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।

तालिममा सहभागी २५ जना महिलाहरूलाई चुरा, डोरी तथा कानका झुम्का निर्माणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमपछि सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गरी आर्थिक आम्दानीको स्रोत विकास गर्न सक्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

तालिमको प्राविधिक सहयोग कृष्टिना मन्टी स्किन इन्स्टिच्युट प्रा.लि., नेपालगञ्ज–१२, बाँके ले गरेको छ। महिलाहरूको सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button