समाचार

खजुरा एक वडा एक गौरवका आयोजना हुदै

बाँकेको खजुरा गाउँपालिकामा अध्यक्ष भएर काम गरेको करिब ३ बर्ष हुँदै गर्दा डम्बर बहादुर बिक तुफानले खजुराको बिकासको लागी एक वडा एक गौरवको आयोजना अनुसार काम भईरहेको बताएका छन् ।

पालिका अध्यक्ष बिकले खजुरालाई समुन्नत बिकासको बाटोमा अगाडी बढाउन आफुले कुनै कसर बाकी नराख्ने भन्दै खजुरामा एक वडा एक गौरवका आयोजनाको काम अगाडी बढाएको बताएका हुन् ।


पालिका अध्यक्ष बिकका अनुसार पुर्वाधारको क्षेत्रमा पुराना आयोजनालाई सम्पन्न गर्ने र पालिकाको आठ वटै वडामा एक वडा एक गौरवको आयोजना संचालनको काम भैरहेको बताएका हुन् । प्रत्यक वडामा बाटो पिच गर्ने देखि लिएर वडाको भौतिक पुर्वाधार बिकासमा काम गर्दै आएको बताएका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर एक र वडा नम्बर चारमा वडा कार्यालय (भवन निर्माण)को काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर दुईमा ब्यवसायिक भवन निर्माणको काम धमाधम सुरु भैरहेको छ । त्यस्तै खानेपानी र विद्यालय भवन निर्माणको कामलाई समेत प्राथमिकता दिएर काम गरिरहेका अध्यक्ष बिकले जानकारी दिए ।


खजुरा गाउँपालिकाले फुसका छाना रहित पालिका बनाउने अभियानमा काम गरिरहेको छ । पालिकाको कुनै पनि घर फुसको छाना नहोस भन्ने उदेश्यले पालिकाले फुसको छाना हटाएर जस्ताको छाना लगाउने क्रमको अन्तिम चरणमा काम भैरहेको अध्यक्ष बिकले जानकारी दिएका छन् ।


‘पालिकामा फुसका छाना हटाएर टिनको छाना राख्ने प्रक्रिया तिब्र गतिमा काम भैरहेको र पालिकामा यतिबेला फुसका छाना एकदमै कम रहेको छ’, अध्यक्ष बिकले भने ।
त्यस्तै निजि क्षेत्रको गौरवको आयोजनामा लुम्बिनी प्राबिधिक बिश्वबिद्धालय रहेको र लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयको लागी खजुरा गाउँपालिकाले पालिकाको पुरानो भवन हस्तान्तरण गरेको पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले जानकारी दिएका छन् ।
‘खजुरामा निजि क्षेत्रको गौरवको आयोजनामा लुम्बिनी प्राबिधिक बिश्वबिद्धालय रहेको र लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयको लागी खजुरा गाउँपालिकाले पालिकाको पुरानो भवन हस्तान्तरणगरेका छौं, जसले गर्दा खजुरामा नै बिश्वबिद्धालय संचालन हुनेछ र यस क्षेत्रमा शिक्षाको बिकासमा ठूलो प्रगती हुनेछ’, अध्यक्ष बिकले बताए ।
त्यस्तै खजुरा गाउँपालिकाको शिक्षाको बिकासको लागी प्रअ मिलान कार्यक्रम अगाडी बढाएर प्रत्यक विद्यालयमा नै स्थायी शिक्षकहरुलाई नै प्रअ बनाएका शिक्षाको क्षेत्रमा भएको समस्या समाधान तर्फ केन्द्रित रहेको अध्यक्ष बिकले बताएका छन् ।
‘पालिकाको शिक्षाको बिकासको लागी प्रअ मिलान कार्यक्रम अगाडी बढाएर प्रत्यक विद्यालयमा नै स्थायी शिक्षकहरुलाई नै प्रअ बनाएका छौ, त्यसले विद्यालयको नेतृत्व र संचालनमा निकै राम्रो भुमिका खेलेको छ र हामिले शिक्षा क्षेत्रकै बिकासको लागी जहाँ विद्यार्थी त्यहा शिक्षक भनेर शिक्षक मिलान पनि गरेका छौँ जसले गर्दा विद्यालयहरुमा शिक्षकको कमि छैन र विद्यालयहरुमा डिजिटलाइज समेत गरेका छौ । हामिले शिक्षाको बिकासको लाही कुनैपनी कम्पर्माइज गरेका छैनौ । शिक्षानै पहिलो बिकासको मापदण्डको रुपमा अगाडी सारेर खजुराले रणनीतिक योजनाहरु निर्माण गरेका छौं, जसले सहि गति समेत लिएको छ ।’ अध्यक्ष बिकले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button