
नेपालगञ्ज । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा नेपालगञ्जस्थित होटल कल्पतरु, न्यूरोडमा भव्य न्यू इयर इभ (३१ डिसेम्बर २०२५) कार्यक्रम आयोजना हुने भएको छ।
नयाँ वर्षलाई आराम, विलासिता र भव्य आतिथ्यताका साथ मनाउन होटल कल्पतरुले सम्पूर्ण ग्राहक वर्गमा हार्दिक अपिल समेत गरेको छ। कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले र मोडेल सञ्चिता बोलाखेको विशेष उपस्थिति रहनेछ भने कार्यक्रम संचालन ममता थापाले गर्नु हुनेछ ।
होटेल कल्पतरुले यस कार्यक्रमलाई पारिवारिक तथा सुरक्षित वातावरणमा आयोजना गर्न लागेको जनाएको छ। आयोजकका अनुसार कार्यक्रमका प्रमुख विशेषतामा शान्त वातावरण, सीमित भीड, नेपालगञ्जको सुरक्षाको हिसाबले सुरक्षित मार्केट क्षेत्र, कार्यक्रम सकेपछि सजिलै घर फर्कन सकिने व्यवस्था तथा इनडोर कार्यक्रमको व्यवस्था रहेको छ। चिसो मौसमबाट बच्न इनडोर हलमै सम्पूर्ण कार्यक्रम सञ्चालन गरिने होटलका प्रबन्धक लक्ष्मण पन्थीले बताएका छन ।
कार्यक्रममा सहभागीहरूका लागि टिकटदर, वयस्कका लागि रु. १,८००, दम्पतीका लागि रु. ३,५०० र ८ वर्षभन्दा माथि तथा १४ वर्षमुनिका बालबालिकाका लागि रु १,००० निर्धारण गरिएको पन्थीले बताए ।
हाल टिकट बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ। थप जानकारीका लागि होटेल कल्पतरु, न्यूरोड, नेपालगञ्जमा सम्पर्क गर्न सकिने बताएका छन ।




