अर्थ/वाणिज्यसमाचार

खडेरीले बाँकेका धेरै खेत अझैँ बाँझो

बाँके
लामो खडेरीका कारण डुडुवा गाउँपालिका ४ मुन्डापुर्वाका पुत्तन बागवानले अझैँ धान रोप्न सकेका छैनन् । सिँचाई सुविधा नभएका कारण उनले धान रोप्न नसकेको बताए । रोपेको धानसमेत सुक्न थालेको बताउँदै उनले बोरिङको पानीसमेत सुक्न थालेको गुनासो गरे ।

‘अझैँ एक विघामा धान रोप्न बाँकी छ । बोरिङको सहायतामा रोपेको धान पनि सुक्न थालेको छ,’ उनले भने ।
लामो खडेरीका कारण खेतको गरामा रहेको वियाड समेत सुक्न थालेको उनले बताए । उनले तीन दिनदेखि सुत्न नपाएको बताए । ‘गत वर्ष यो समयमा धान रोपेर सकेका थियौँ । बोरिङबाट दिनभर पानी सिँचाई गर्छौँ । विहान उठ्दा खेतमा पानी हुँदैन,’ उनले भने, ‘नसुतेको तीन दिन भयो ।’

डुडुवा गाउँपालिका ४ का शालिकराम यादवले पनि बोरिङको सहायतामा धान रोप्ने तरखरमा छन् । लामो समयदेखि पानी नपरेकोले धान रोपाइँ गर्न नसकेको बताए । ‘धान रोप्न अझैँ बाँकी छ । पानी नपाउँदा रोपेको धान खेतमा धाजा परेको छ । खेतको वियाड सुक्दै गएको छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button