समाचार

शनिबार गोपाल निना फाउन्डेसनको खुल्ला रक्तदान कार्यक्रम हुने : नेपालगन्ज

“रक्तदान गरौं, जीवन उपहार दिउँ” भन्ने मूल नारासहित आगामी २०८२ साल चैत ७ गते शनिबारका दिन नेपालगञ्जमा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। गोपाल निना फाउन्डेसन नेपाल द्वारा सञ्चालन हुँदै आएको ‘जनमत रक्तदान’ अभियानको ६८औँ श्रृङ्खलाका रूपमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम नेपालगञ्ज–१०, गणेशमान चोकस्थित अन्नपूर्णा ग्यास्ट्रो केयर हस्पिटल मा बिहान ८:०० बजेदेखि सञ्चालन हुने जनाइएको छ।

फाउन्डेसनका प्रबन्ध निर्देशक दिलिप गिरि का अनुसार समाजमा बढ्दो रगतको अभावलाई न्यूनीकरण गर्ने तथा मानव सेवाको पवित्र भावनालाई आत्मसात् गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। “रक्तसञ्चार केन्द्रमा रगत अभावकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उनले बताए।

उक्त कार्यक्रम जनमत अर्द साप्ताहिक सँगको संयुक्त आयोजनामा हुन लागेको हो। साथै अन्नपूर्णा ग्यास्ट्रो हस्पिटल, नेशनल पथ ल्याप, सेभेन क्याफे, अतिरिक्त नेपाल स्वयंसेवी रक्तदान समाज, हेल्थ याद क्लाप, कलाकृति कलेस्न, अराध्य मेडिको तथा अन्नपूर्ण डायग्नोस्टिक ल्याबोरेटरी लगायत विभिन्न संघ–संस्थाहरूको समन्वय तथा सहकार्य रहनेछ।

आयोजकले सबै इच्छुक महानुभावहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेका छन्। रक्तदान जस्तो पुण्य कार्यमार्फत मानव जीवन बचाउन सहयोग पुर्‍याउन यो अवसर महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको गिरिले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button