
बुटवल
नेपाल मगर युवा संघका महासचिव राम अस्लामी मगरले “देशको प्रथम शहीद प्रति राज्यको हदैसम्मको उदासिनतालाई खेदजनक रहेको बताएकाछन” । प्रथम सहिद लखन थापामगरको १४८औं स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाल मगर युवा संघ, रुपन्देहीले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा बोल्दै महासचिव अस्लामीले राज्यले प्रथम सहिद लखन थापामगरलाई सहिद घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको बताएछन । अस्लामीले भने, ‘लखन थापा मगर कुनै जाती बर्ग समुदायको मात्रै पहिलो सहिद होइनन । उहाँ त देश कै पहिलो सहिद हुनुहुन्छ । सहिदको सम्मानको लागि राज्यस्तर बाट नै विविध कार्यक्रम गरि सम्झिनु पर्छ ।’ सहिदलाई बिभेदको चरम परकास्ठा भित्र राख्नु खेदजनक हो । तसर्थ प्रथम शहीद क्या. लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरी सहिद प्रती उच्च सम्मान प्रकट गर्न राज्यले कत्तिपनी ढिला गर्न नहुने बताए ।
बुटवल स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको रक्त संचार केन्द्रको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा संघका अध्यक्ष हेमन्त बहादुर बुढाथोकी मगरले ५१ युनिट रक्त संकलन गरेको जानकारी दिएका थिए । जंगबहादुरको निरंकुश शासन विरुद्ध जनस्थर बाट बिद्रोह गरी शाहादत् प्राप्त गर्ने प्रथम सहिद लखन थापा मगरलाई अपहेलना गरिनु अत्यन्तै दु:खद कुरा हो । प्रथम सहिदको उच्च सम्मानको लागि फागुन-२ गतेलाई सहिद दिवस घोषणा गरी सो दिन सार्वजनिक बिदा दिनुपर्ने बताएका थिए ।
नेपाल मगर युवासंघ रुपन्देहि ले आयोजना गरेको यस कार्यक्रमको संघका जिल्ला अध्यक्ष थर्क बार्हघरे, युवाका प्रेरणाका स्रोत प्रेम गलामी मगर, आदिवासी जनजाती महासंघका पुर्व अध्यक्ष शंकर गाहा, मगर महिला संघ, रुपन्देहीका अध्यक्ष निर्मला थापा, बरिस्ठ समाजसेवी वर्ण बहादुर थापा लगायतका ब्याक्तित्वहरुले उच्च सम्मान गरेका थिए।
संघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान गर्नुहुने पुण्यदाताहरुलाई कार्यक्रमका प्रमुख अथिती नेपाल मगर युवा संघका महासचिव राम अस्लामी मगर ले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो भने समितिका उपाध्यक्ष पहल रानाको स्वागत र सचिव खेम आले मगरको सञ्चालनमा भएको हो ।




