समाचार

जसपा नेपाल बाँकेले संगठन बिस्तार अभियानमा तिब्रता

नेपालगन्ज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गरिरहदा आज बाँके नेपालगन्ज उपमहानगरपालिका वडा न.८ मा जनता समाजवादी पार्टी ,नेपाल बाँकेले संगठन बिस्तार अभियानलाई तिव्रता दिएकाे छ ।

जनता समाजवादी पार्टी ,नेपाल बाँकेले बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा वडा स्तर संगठन बिस्तार अभियान अन्तर्गत आज बाँकेको निर्वाचन क्षेत्र न.२ का संयाेजक तथा पार्टीका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारीको अध्यक्ष र पार्टीका केन्द्रीय सचिव कमरूदीन राईको प्रमुख आथित्यमा नेपालगन्ज उप-महानगरपालीका वडा न.८ मा वडा स्तर मुल समित सहित समाजवादी महिला संघ र समाजवादी युवा संघ गठन गरिएको छ ।

जाकिर अलि राईको अध्यक्षतामा २१ सदस्यीय वडा समित गठन गरिएकाे छ भने , मिरा देवी वैश्यको अध्यक्षतामा ७ सदस्यीय समाजवादी महिला संघ र निरज पाण्डाकाे अध्यक्षतामा ७ सदस्यीय समाजवादी युवा संघ गठन गरिएकाे केन्द्रीय सदस्य बेबी तबस्सुमले बताउनुभयो ।

उक्त कार्यक्रममा शुभकामना मन्तब्य पार्टी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश माननीय अम्बिका काफ्ले , लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर , जिल्ला अध्यक्ष कौशल कुमार धाेबी , पुर्व संस्थापक अध्यक्ष बिषणुलाल कुमहार , प्रदेश सदस्य तथा मधेश आन्दोलनका क्रान्तिकारी नेता दुर्गेश गुप्ता लगायतले शुभकामना मन्त्ब्य राख्नु राखनु भएकाे थियाे भने पार्टीका प्रदेश कार्यकारीणी सदस्य स्वामीनाथ शर्मा , प्रदेश सदस्य उतम गुप्ता , जिल्ला सचिव सुर्यलाल यादव , कोषाध्यक्ष रचना प्रधान गुभाजु सह-सचिव श्याम श्रेष्ठ , जिल्ला सदस्य अनिल पौडेल , नगर कार्यवाहक अध्यक्ष अर्बिन्द शर्मा लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे भने उक्त कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका कार्यकारीणी सदस्य माे.महेमुद ईद्रीसिले गर्नु भएकाे थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button