राजनीति

बाँकेमा रास्वपाको निर्वाचन परिचालन मूल समितिमा मनोनयन

निर्वाचन परिचालन मूल समितिमा मनोनयन सम्बन्धी
बाँके
प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज शनिबार बाँके क्षेत्र नं. २ मा गठन गरिएको निर्वाचन परिचालन मूल समितिका सदस्यमा विभिन्न ब्यक्तिलाई मनोनयन गरिएको छ ।

वर्तमान राजनीतिक परिस्थितिमा देशले सक्षम, इमानदार र दूरदर्शी नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै आएको छ। युवा पुस्ताको आशा र भरोसाका प्रतीक बालेन्द्र शाह को नेतृत्वमा राष्ट्र निर्माणको अभियानलाई सशक्त बनाउने हाम्रो लक्ष्य रहेको बताइएको छ ।

बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विवेक कुमार श्रेष्ठ लाई अत्यधिक बहुमतले विजयी गराई जनताको आवाज संसदसम्म पुर्‍याउनु हामी सबैको साझा दायित्व रहेको नगर सभापति नवीन खण्डले बताउनुभयो ।

तसर्थ, पार्टीमा आबद्ध सदस्य, शुभेच्छुक तथा सम्पूर्ण सहयोगी महानुभावहरूलाई आफ्नो पालिका तथा वडास्तरमा संगठित भई निर्वाचन प्रचार–प्रसार, घरदैलो अभियान, मतदाता शिक्षा तथा संगठन सुदृढीकरणका कार्यमा सक्रियतापूर्वक जुट्न अनुरोध गरिएको थियोे ।

देशलाई विद्यमान संकटबाट मुक्त गर्दै भावी पुस्ताको भविष्य स्वदेशमै सुरक्षित र समृद्ध बनाउने अभियानमा तपाईंको महत्वपूर्ण भूमिका रहने विश्वास लिएका छौं। पार्टीले सदैव योग्य, निष्ठावान र सक्रिय कार्यकर्ताको योगदानको उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्ने प्रतिबद्धता गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button