अन्यअर्थ/वाणिज्यसमाचार

नयनराज रावल स्मृती पुरस्कार’ रामु ओलीलाई

नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)लाई बिहीबार सामाजिक अभियानता स्वर्गीय ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’प्रदान गरिएको छ ।

रु दश हजार एक रुपैयाँ राशिको उक्त पुरस्कार दमयन्ती फाउन्डेसन नेपालकाे अध्यक्ष तथा स्वर्गीय रावलकी धर्मपत्नी ईन्दिरा कुमारी जिसी रावलकाे अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट,प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी,जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, डा. संकेत रिसाल सहितका बिभिन्न संस्थाकन अगुवाकाे उपस्थितिमा भएको नवाैं स्मृती दिवस ओलीलाई प्रदान गरिएको हाे ।

लागुऔषध दुर्व्यसन विरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएको कारण ओलीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हाे ।

कार्यक्रमका सहभागीले स्वर्गीय रावलले जीवनकालमा समाजलाई पुर्‍याउनु भएको याेगदानकाे उच्च कदर गर्दै लागुऔसषध दुर्व्यसन विरुद्ध र सामाजिक पुनस्थापनाकाे सवालमा सबै मिलेर लाग्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्जका नगरप्रमुख बिष्टले लागु औषध बिरुद्धका अभियन्ताको सम्झनामा स्थापित पुरस्कार हरेक बर्ष असल व्यक्तिलाई प्रदान गरिदै आएको उल्लेख गर्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

  कार्यक्रमकाे अध्यक्ष जिसीले स्वर्गीय रावलकाे स्मृतिमा आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । जिसीले नै श्रीमानकाे निधनपछि फाउन्डेसन मार्फत सामाजिक कार्य गर्दे आउनु भएको छ ।

लागु दुर्व्यसन विरुद्ध र पुनस्थापना क्षेत्रमा लामाे समयदेखि नेतृत्वदायी भुमिका निर्वाह गर्ने क्रममा रावलको २०७३ साल साउन २९ गते बिद्युतको करेण्टबाट निधन भएको थियो ।

रावलको स्मृतीमा स्थापित पुरस्कार तथा सम्मान २०७४ सालमा लागु औषध बिरुद्धका अभियन्ताद्वय कृष्ण लामा, होम जँग शाहीलाई प्रदान गरिएको थियो भने २०७५ सालमा निल सागर आश्रमलाई, २०७६ सालमा समाज बिकास तथा प्रबद्र्धन केन्द्रलाई, २०७७ सालमा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवाश खड्कालाई प्रदान गरिएको थियो । यसैगरी उक्त पुरस्कार २०७८ सालमा अञ्जनी माता रसोईलाई प्रदान गरिएको थियो भने २०७९ सालमा नेपालगञ्ज वडा नम्वर १२ मा स्थापित प्रयास फाउन्डेसन बाँकेलाई प्रदान गरिएको थियो । २०८० मा डा. संकेत रिसाल र २०८१ मा प्रविण बिसीलाई प्रदान गरिएको थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button