
बाँके क्षेत्र नम्बर २ मा यसपटक परिवर्तनको स्पष्ट संकेत देखिएको छ। गाउँदेखि शहरसम्म स्थानीयवासीहरूको मुखमा एउटै नारा गुञ्जिरहेको छ— “रास्वपा हाम्रो, रास्वपा राम्रो”। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको बढ्दो आकर्षण र जनसमर्थनले चुनावी माहोल नै बदलिएको देखिन्छ।
रास्वपाका उम्मेदवार विवेक कुमार श्रेष्ठ घरदैलो अभियानमा निस्कँदा जनताको उत्साह र विश्वास खुलेर झल्किने गरेको छ। बाँके नेपालगन्ज उपमहानगरपालिकाका संयोजक नवीन खड्काका अनुसार, घरदैलोका क्रममा भेटिएका एक सय घरधुरीमध्ये करिब ९० प्रतिशतले ‘घण्टी’ चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै समर्थन र शुभकामना दिइरहेका छन्।
स्थानीयवासीहरू अब पुराना अभ्यास र दोहोरिएका आश्वासनबाट आजित भइसकेका छन्। उनीहरू नयाँ सोच, इमानदार नेतृत्व र वास्तविक परिवर्तनको खोजीमा छन्, र यही आशाको केन्द्र बनेका छन्—विवेक कुमार श्रेष्ठ। बाँके–२ मा परिवर्तनको घण्टी बजिसकेको र यो लहर रोकिने अवस्थामा नरहेको बताउँछन्।
बाँके–२ मात्र होइन, देश नै घण्टीमय हुँदै गएको छ ।उम्मेदवार विवेक कुमार श्रेष्ठ भन्छन फागुन २१ पछि देशभर परिवर्तनको आवाज सहित घण्टीमय गुञ्जिने बताएका छन ।
उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफ्ना नेपालमा रहेका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा आफन्तलाई घण्टी चुनाव चिन्हमा मतदान गर्न प्रेरित गर्न विशेष आग्रह पनि गर्नुभएको छ।




