
डुडुवा गाउँपालिकाका जनता वर्षौँदेखि उही पुराना नेताहरू, उही भाषण र उही दोहोरिएका कामहरू देख्दै-सुन्दै आजित भइसकेको र चुनावका बेला गरिने ठूला-ठूला वाचा, तर चुनावपछि जनताका पीडा बिर्सिने प्रवृत्तिले यहाँका नागरिकमा गहिरो निराशा पैदा भइ विकासका सपना देखाइएको बाचा पूरा नगरेको धेरै स्थानीयको गुनासो सुनाएको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार बिबेक कुमार श्रेष्ठले बताए ।
बाँके क्षेत्र नम्बर २ लाई अब पुरानै शैलीको राजनीति होइन, नयाँ सोच, नयाँ संस्कार र जनतासँग सिधा जोडिएको नेतृत्व आवश्यक भएको छ। इमानदारी, पारदर्शिता, जवाफदेहिता र जनताको दैनिक समस्या बुझ्ने नेतृत्व आजको समयको अनिवार्य आवश्यकता बनेको श्रेष्ठ बताउँछन्।
यही आवश्यकता र जनभावनाको सही प्रतिनिधित्व गर्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार विवेक कुमार श्रेष्ठले। उहाँ शब्दभन्दा काममा विश्वास गर्ने, जनताको पीडालाई आफ्नै पीडा ठान्ने र परिवर्तनलाई नारामा होइन, व्यवहारमा उतार्न चाहने नेतृत्वको रूपमा चिनिनुहुन्छ।
त्यसैले डुडुवा गाउँपालिकाका आम नागरिक, युवापुस्ता, किसान, श्रमिक तथा सचेत मतदाताहरूले आफ्नो अमूल्य मत परिवर्तन, विकास र सुशासनको पक्षमा प्रयोग गर्ने दृढ निर्णय गरेका छन्। उनीहरूले अब पुरानो निराश राजनीतिलाई विदाइ गर्दै घण्टी चिन्हमा भोट हालेर नयाँ युगको सुरुवात गर्ने अठोट गरेका छन्।
यो भोट केवल विवेक कुमार श्रेष्ठका लागि मात्र होइन, यो भोलिको उज्यालो भविष्य, इमानदार शासन र जनताको आवाज संसदसम्म पुर्याउने यात्राको पहिलो कदम हो भनी जनतालाई बुझाएका छन ।





