अर्थ/वाणिज्यसमाचार

नेपालगन्ज न्युरोडमा `होटल शुभ´को उद्घाटन सँगै विशेष छुट %

मंसिर ३० गते नेपालगन्ज ।

आमा दुर्गा देवी पोख्रेल र नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका महासचिव भिम बहादुर राना भाटले नेपालगन्ज न्युरोडमा रहेको ‘होटल शुभ’को उद्घाटन गरेका छन ।


लामो समयदेखि सामाजिक कार्य तथा होटल व्यावसाय गर्दै आएका रामचन्द्र पोखरेलले आफ्नो होटल व्यावसाय विस्तारको क्रममा नयाँ होटल होटल शुभ´को आज नेपालगन्ज न्युरोडमा शुभआरम्भ गर्नु भएको छ। झण्डै एक दशकहोटल अन्नपूर्ण प्लाजा´मा सेवा दिदै आउनु भएका पोखरेलले थप सेवा सुविधा दिनका लागि आधुनिक सुविधा सम्पन्न सहितको आर्को होटल पनि संचालनमा ल्याउनु भएको छ । आफ्नो व्यावसाय होटल हो । निकट भविष्यमा तारे होटल संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिदै । करोडभन्दा वढी लगानीमा निर्माण भएको उक्त `होटल शुभ´मा २३ कोठा , मिटिङ हल, रुपटप क्याफे म्युजिक एरिया सहित चिसो, तातो एसि लगायतका कोठाहरु सुविधा सम्पन्न रहेको पोख्रेलले बताए ।

त्यस्तै, कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष , नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य , युवा नेता तथा व्यापारी बिष्णु श्रेष्ठ , प्युठानी युवा समाजका उपाध्यक्ष लक्ष्मण पन्थी , प्युठानी युवा समाजका सचिव रोशन केसी , नेपालगन्ज हरित अभियान्ता हेमन्तराज काफ्ले, पोख्रेल परिवार लगायतको उपस्थितिमा `होटल शुभ´को विधिवत रुपमा उद्घाटन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button