
नेपालगन्ज बाँके ।
निकै तामझामका साथ सुरु गरिएको प्रादेशिक महोत्सव – २०८१ मा आज ११औ दिनसम्म आई रहदा नेपालगन्ज महोत्सव विवादै विवादमा चलिरहेको छ ।
आज ११ ओैं दिन भैरहदा तेति उत्साहजनक मानिसहरुको उपस्थिति र भिडभाड थिएन तर मेलामा आकर्षक चाहि अछामी समाज बाँकेले आफ्नै ठाउँको झझल्किने देउडा प्रस्तुतिले आगन्तुक दर्शकको मन बटुलेको थियोे । चर्चित राष्ट्रिय स्तरको कलाकारहरुको प्रस्तुति रहदा पनि दर्शकको न्यून उपस्थितिले पनि महोत्सव आफ्नेै गतिमा चलिरहेको थियोे ।
प्रादेशिक महोत्सवको सुरुवाती समयमा मेला बिसय लिएर निकै विवादमा तानिएको थियोे । जस्तै पत्रकार विवाद , अपांग विवाद , पार्किङ विवाद , मद्यपान विवाद , खाद्य विवाद , कलाकार विवाद लगायतका विवादहरु निरन्तर चलिरहेको थियोे ।
नेपाल सरकारको चोैंथो अंग पत्रकारलाई प्रवेशमा रोकदेखी स्टल बाहिर निकालिएको चोैंथफी विरोध र नेपाल पत्रकार महासंघ बाँके लगायत विभिन्न सांगठनिक पत्रकारका छाता संगठनहरुले बिज्ञप्ती निकालेका थिए । तेस्तै अपांग ब्यक्तिहरुलाई प्रवेशमा रोक , सार्वजनिक सडकको भु-भाग कब्जा गरेर पार्किङ शुल्क असुल , मेला भित्रका स्टलमा खुलेयाम मदिरा तथा सुर्तीजन्य बिक्रीवितरण , स्टलहरुको समान खरिदमा उपभोक्तालाई बिल उपलब्ध नगराउनु , राष्ट्रिय कलाकारहरुको पारिश्रमिक सार्वजनिक , स्टल ढाकछोप लगायतको विवाद निरन्तर चलिरहदा पछिल्लो समय यी धेरै कुरामा मेलाले सजग जनाएको छ ।
हिजोआज ती विवादलाई पन्छाउँदै मदिरा तथा सुर्तीजन्य स्टल हटाउनु , पत्रकार तथा अपांग प्रवेशमा सहजता , पार्किङ सडक विभाग परिसरमा राख्नु लगायतका विवादहरु प्रदेशिक मेलाले सुधार गरेको देखिन्छ ।




