राजनीतिसमाचार

दाउरा खै मेयर ज्यु : जाडो बढ्यो

नेपालगन्ज
नेपालगन्ज उपमहानगरले आफ्नै निर्णयलाई लत्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ। १७ पुसमा बसेको विपद व्यवस्थापन समितिको बैठकले नगरवासीलाई चिसोबाट जोगाउन दाउरा संकलन गर्ने र शितलहर सुरु हुने बित्तिकै वितरण गर्ने निर्णय गरेपनि उपमहानगरले अहिलेसम्म दाउरा खरिद प्रक्रिया अगाडी नबढाउँदा सर्वसाधारणले सास्ती खेप्न परेको हो।

उपमहानगरले दाउरा वितरण नगर्दा यहाँका सर्वसाधारण प्लास्टिक, कागज, प्लाई उडका टुक्रा र कागजको गत्ता बालेर आगो ताप्न बाध्य भएका छन्।

नेपालगन्जका बिपन्न परिवार, सडकमा आउजाउ गर्ने बटुवा र ब्यापारीहरु आगो ताप्न नपाउँदा समस्यामा परेका छन्।उपमहानगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा दाउरा खरिद गर्ने निर्णय हुँदा मेयर प्रशान्त बिष्टले टाउको हल्लाउने बाहेक अरु प्रतिक्रिया नदिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। उनका अनुसार मेयर बिष्टले नै दाउरा खरिद गर्न चासो दिएका छैनन्।

मेयर बिष्टले चासो नदिदा विपद व्यवस्थापन समितिले प्रक्रिया अगाडी बढाउन नसकेको ति सदस्यले स्पष्ट पारे।यसअघि शितलहर सुरु हुनु भन्दा पहिले नै दाउरा खरिद हुने गरेको एक वडा अध्यक्षले बताए । ’यसपाली मेयर साबले खै के गर्न खोज्नु भएको हो? हामीले बुझ्न सकेका छैनौ,’ उनले भने, ’जाडो सकिने बेला वितरण गर्नुको कुनै अर्थ छैन। छिटो वितरण गर्न भन्दा मेयर साबले आनाकानी गरिरहनु भएको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button