समाचार

मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगञ्ज ।
मानवसेवा आश्रमको परिसरमा निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, बाँकेको सहकार्यमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा आश्रममा आश्रित तथा स्थानीय सेवाग्राहीहरूलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका अस्पताल प्रमुख प्रा.प्र.उ. डा. अच्युत विक्रम हमाल तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा फिजिसियन सम्बन्धी ६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button