समाचार

नेपालगन्ज ग्यालरीको १६ बर्ष पुरामा १६ बिरुवा वृक्षारोपण

नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको छ ।


नेपालगन्ज ग्यालरीले स्थापनको १६ वर्ष पूरा गरेको अवसर पारेर नेपालगन्ज सुर्खेतरोडमा वृक्षारोपण गरिएको हो ।


शुक्रवार स्थापनाको १६ बर्ष पुरा गरेको दिनमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको सहकार्यमा १६ वटा बिरुवाहरु रोपिएको ग्यालरीका एडमिन तथा संचारकर्मी समिरमान श्रेष्ठले जानकारी दिएका छन् ।


शुक्रवार बिहान नेपालगन्जको सुर्खेत रोडमा आयोजन गरिएको वृक्षारोपण कार्यक्रममा नेपालगन्जका समाजसेवी, ब्यापारी, राजनितिज्ञ, पत्रकार तथा नेपालगन्ज ग्यालरीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button