खेलकुदसमाचार

लुम्बिनी कप महिला फुटवल सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ।
प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी नेपाल राष्ट्र बैंकवाट सेवा निवृत रमेश मल्ललाई प्रदान गरिएको छ।


सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल बरिस्ठ फोटोग्राफर समेत हुन्। भिडियोग्राफी र एडिटिङमा यस क्षेत्रकै अग्रणी मल्ल सूचना प्रविधिमा राम्रो दख्खल राख्छन्। रमेश मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुन्।


यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज कुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।


गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्व अध्यक्ष हुन्।
राष्ट्रिय समाचार समितिको क्षेत्रीय कार्यालय प्रमुखवाट सेवानिवृत गौतमसँग कम्तीमा ३५ वर्ष पत्रकारिताको अनुभव छ। खेलकुदमा विशेष अभिची राख्ने पत्रकार निरज गौतम हाल गोरेटो न्युज डटकमको सम्पादक छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button