
बाँके रास्वपामय भन्दै गएको छ । बाँके नेपालगन्जका अग्रज नेता, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायी, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपामा प्रवेश गर्नेहरूमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, कलेज अफ म्यानेजमेन्ट प्रमुख मुना हमाल, नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य टिकामणि उपाध्याय, कोइला व्यवसायी संघ बाँकेका जिल्ला अध्यक्ष प्रविण पोरवाल, गार्मेन्ट उद्योग संघ बाँकेका अध्यक्ष तथा चितवन–नेपालगन्ज सम्पर्क समाजका अध्यक्ष चन्द्र श्रेष्ठ, बुद्धिजीवी शैक्षिक व्यक्तित्व चेत चापागाईं र दिनेश शाह, ट्रक व्यवसायी समिति बाँकेका महासचिव डोबरे खत्री, वरिष्ठ व्यवसायी सुदन गिरी, खाद्यान्न व्यवसायी नमराज बुढा, नेपालगन्ज मासु व्यवसायी संघका अध्यक्ष भरत कुमार महतो, शारीरिक सुगठनका वरिष्ठ व्यवसायी तथा प्रशिक्षक श्याम कौशल, कपडा व्यवसायी उषा श्रेष्ठ, अभियन्ता मञ्जु गौचन, लिटिल होराइजन मोन्टेसरीकी प्रिन्सिपल गीता बजगाईं, अप्टिकल व्यवसायी माया गौतम, किराना तथा खाद्य व्यवसायी बिर्ख बहादुर धामी, गार्मेन्ट व्यवसायी पदम बहादुर विक, जुत्ता–चप्पल व्यवसायी राम प्रसाद ढकाल र सुशील न्यौपाने, रेडिमेड व्यवसायी अनन्त राम अर्याल, नारायण प्रसाद न्यौपाने र सुनिल ज्ञवाली, कपडा व्यवसायी रमेश श्रेष्ठ, गार्मेन्ट व्यवसायी कुमार थापा, इलेक्ट्रिक व्यवसायी अमृत अधिकारी, मेडिकल व्यवसायी देवेन्द्र भण्डारी, सलुन व्यवसायी रामजी ठाकुर, तथा रियल स्टेट व्यवसायी जगदीश रोकाया लगायत दर्जनौं जना रास्वपामा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गरेका सबैले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार विवेक कुमार श्रेष्ठलाई पूर्ण सहयोग गर्दै हातेमालोका साथ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस प्रवेशसँगै बाँके जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको जनसमर्थन थप सुदृढ हुदै गएको र बाँके रास्वपामय हुने देखिएको छ ।




